नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर २०१ जना कर्मचारीलाई सम्मान गरेको छ।
२० वर्षभन्दा बढी समय काम गरेर उनीहरुलाई टेलिकमले दीर्घसेवा पदक र एक महिनाको तलब प्रदान गरेको हो। पदकमा ५ ग्राम सुन र २ तोला चाँदीमिश्रित छ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसमेतको उपस्थितिमा टेलिकमले वार्षिकोत्सव मनाएको थियो। सोही कार्यक्रममा कर्मचारी पनि सम्मानित भएका हुन्।
प्रकाशित: २२ माघ २०८१ १८:०२ मंगलबार