२६ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन आयोजना गर्ने

साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न र उद्यमशीलता विकास गर्नका लागि नेपाली कांग्रेसले नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आगामी माघ १६ र १७ गते सम्मेलन गर्न लागेको हो । 

आर्थिक रूपान्तरणलाई प्रवर्द्धन गर्न, लगानी प्रोत्साहन गर्न, डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्न, युवा उद्यमीलाई प्रोत्साहित गर्दै उद्यमशीलता विकासमा सहयोग पु¥याउन सम्मेलन आयोजना गरेको नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलियाले बताइन् ।

 ‘साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको हो,’ थपलियाले भनिन्, ‘सम्मेलनमा उद्यमीले के कस्ता समस्या झेलिरहेका छन् र सम्भावना तथा अवसरको बारेमा पनि छलफल हुनेछ ।’ विभागले आयोजना गरेको सम्मेलनमा नेपालमा उत्पादन गरेका वस्तुको प्रदर्शनी गर्नका लागि नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका र नेपाल घरेलु तथा साना उद्योग महासंघकाबीच सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

 कांग्रेसको तर्फबाट विभागकी संयोजक थपलिया र महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरे । सम्मेलनमा ८० वटा स्टल राख्ने आयोजकले जनाएको छ । स्टलमा महासंघले मुलुकभर उत्पादन भएका लघु तथा साना उद्योगले उत्पादन गरेका हस्तकला लगायतका वस्तुहरू प्रदर्शनीमा राख्ने सहमति भएको छ । 

कांग्रेसले नेपाली वस्तुको प्रवर्द्धन गर्नु सकारात्मक भएको महासंघका अध्यक्ष सिंहले बताए । ‘सम्मेलनले वस्तुलाई बजारसम्म पु¥याउन सघाउ पुग्नेछ,’ सिंहले भने, ‘मेड इन नेपाल अन्तर्गत उत्पादित वस्तुलाई निःशुल्क स्टल उपलब्ध गराउने कार्य सकारात्मक छ ।’राजनीतिक दलले उद्यमीलाई हौसला प्रदान गर्ने कार्यले उद्यमशीलता विकासमा सहयोग पुग्ने उनले बताए । 

सम्मेलनमा नेपाली उद्यमशीलताको भविष्य र आर्थिक रुपान्तरणका सम्भावनाका बारेमा समूहगत छलफल समेत आयोजना गरिएको थपलियाले बताइन् । नेपालको आर्थिक संरचनामा सुधार ल्याउन, नवीनतम दृष्टिकोण र उद्यमशील रणनीतिको अन्वेषण गर्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

नवप्रवर्द्धन र उद्यमशीलताका माध्यमबाट अर्थतन्त्रलाई कसरी सबल बनाउने भन्नेमा विचार आदान प्रदान गर्ने थपलियाले बताइन् । कार्यक्रममा समूह छलफलका लागि प्राथमिकताका क्षेत्र पनि तोकिएको छ । नवप्रवर्द्धन र उद्यमशीलता, नेपालमा लगानी, स्टार्टअप र एसएमईको भविष्य, कृषि उद्यमशीलता अवसर र चुनौतीहरू, शिक्षा र जनशक्ति विकास आइटी क्षेत्रको लागि तयारी, महिला उद्यमशीलता समतामूलक आर्थिक विकासको दिशामा, गैर आवासीय नेपाली नेपालमा लगानी र आर्थिक वृद्धिको सम्बन्ध अवसर र चुनौतीहरू लगायतका विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित: २५ पुस २०८१ १९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App