सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको हो। सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको उल्लेख गरिएको छ।
कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एक देखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने समेत जानकारी दिइएको छ।
प्रकाशित: १८ पुस २०८१ ०९:२५ बिहीबार





