रेमिट्यान्स सेवा प्रदायक तीन वटा कम्पनीको इजाजत खारेज भएको छ। नेपाल राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालिको लाइसेन्स खारेज गरको हो।
विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार लाइसेन्स खारेज गरेको राष्ट्र बैंकले जनाएको छ। लाइसेन्स खारेज भएका कम्पनीहरूसँग लेनदेन गर्ने कुनै व्यक्ति वा संस्थाले ३५ दिनभित्र लिखित जानकारी दिन राष्ट्र बैंकले अनुरोध गरेको छ।
राष्ट्र बैंकले विप्रेषण सेवा लिने वा दिने सबैलाई सचेत रहन र नियमानुसार काम गर्न पनि आग्रह गरेको छ।
प्रकाशित: १२ पुस २०८१ १६:०४ शुक्रबार