१३ पुस २०८१ शनिबार
image/svg+xml
खेल

बोर्डर–गावस्कर ट्रफी, चौथो टेस्टमा भारतमाथि फलोअनको खतरा

मेलबर्नमा बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट खेल जारी छ। 

तेस्रो दिनको पहिलो सत्रमा भारतले ७ विकेट गुमाएर २६० रन पार गरेको छ। अहिले नितिश रेड्डी र वासिङ्टन सुन्दर ब्याटिङ गरिरहेका छन्। 

खेलको शनिबार तेस्रो दिन र पहिलो सत्रमा, भारतले बिहान १६४/५ को स्थितिबाट खेल्न सुरु गरेको थियो। ऋषभ पन्त र रविन्द्र जडेजाले क्रमशः ६ र ४ रन बनाएर खेल्न शुरु गरेका थिए। फलोअनबाट बच्न भारतलाई कुल २७५ रन बनाउनु आवश्यक छ, किनकि अष्ट्रेलियाले पहिलो इनिङ्समा ४७४ रन बनाएको थियो। 

दुई देशबीचको ५ खेलको टेस्ट सिरिज १–१ को बराबरीमा छ। पहिलो टेस्ट भारतले जित्यो भने दोस्रो अस्ट्रेलियाको हात परेको थियो। तेस्रो टेस्ट बराबरीमा रोकिएको थियो। 

भारतीय टोलीमा कप्तान रोहित शर्मासँगै यशस्वि जैसवाल, केएल राहुल, विराट कोहली, ऋषभ पन्त, रविन्द्र जडेजा, नितिश रेड्डी, वाशिंगटन सुन्दर, जसप्रित बुमराह, मोहम्मद सिराज, आकाश दीप रहेका छन्। 

त्यस्तै, अष्ट्रेलियाको टिममा कप्तान प्याट कमिन्स, उस्मान ख्वाजा, साम कोन्स्टान्स, मार्नस लाबुस्चेन, स्टिभ स्मिथ, ट्राभिस हेड, मिचेल मार्स, एलेक्स केरी ९विकेटकिपर०, मिचेल स्टार्क, नाथन लियोन, स्कट बोल्याण्ड रहेका छन्। 

प्रकाशित: १३ पुस २०८१ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App