१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

चन्द्रागिरि केबलकारमा जोली

चन्द्रागिरि –भारतीय जनता पार्टीका बरिष्ठ नेताबी जय जोलीले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्षएवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्षचन्द्र प्रसाद ढकालले जोलीलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो।चन्द्रागिरिको आगन्तुकपुस्तिकामा हस्ताक्षर गर्दै जोलीले निर्माण कार्य शुरु गरेकै छोटो समयमा यस ऐतिहासिक  स्थानमा स्थापित यस परियोजनाले पर्यटन प्रवर्द्धन गर्नुका साथै धार्मिक आस्था,  शान्ति र सहिष्णुता कायम राख्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

भ्रमणका क्रममाश्री जोलीले आफ्नाअनन्यमित्रश्री चन्द्र प्रसाद ढकाल तथाउनको समुहले निर्माण गरेको परियोजनाले एउटा इतिहास कायम गरेको भन्दै बधाई तथा परियोजना सफलताको शुभकामनाब्यक्तगर्नुभएको छ।

ऐतिहासिक, साँस्कृतिकतथाप्राकृतिकमहत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।

 

प्रकाशित: ३० चैत्र २०७४ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App