२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

पाँच हजार ऋणबाट सुरु गरेको खाजा पसलबाट १२ लाख कमाउँदै मिना

जुम्लाको सदरमुकाम खलङ्गामा चहलपहल छ। बिहानको चिसो हटेपछि बजार गर्माउन थाल्छ र बीच बजार टुँडिखेलमा महिलाहरूको चहलपहल बढ्छ। यहाँका महिलाहरूले खाजा बेचेर आफ्नो जीवन स्तरलाई उच्च बनाएका छन्। 

मिना मल्ल, ३० वर्षीया, जसले एघार वर्षदेखि खाजा पसल चलाउँदै आएकी छन्। मिना उमालेको चाउचाउ र सिमीको मनस्को खुशीले ग्राहकलाई सत्कार गर्छिन्। 

उनले गर्वका साथ भनिन्, “यो लाइनमै यो पेसा गर्ने एक्लो महिला म हुँ। खर्च र आम्दानीको हिसाबकिताब राखेको छैनौँ। तर सहज ढङ्गले परिवार चलिरहेको छ।” उनले होटलको भाडा मासिक ४ हजार रुपैयाँ तिर्नुपर्छ। मोटामोटी मासिक सबै खर्च कटाएर एक लाख मुनाफा हुन्छ। वार्षिक १२ नगद मौज्दात हुने उनको भनाई छ। 

उनले भनिन्, “सानो पाँच हजारको पुँजीले सुरुवात गरिरहेकी हुँ।” खाजा पसलको आम्दानीले कोहलपुर (१५ लाख) र सुर्खेतमा (१८ लाख)को घडेरी किनेकी छन्। उनको उपलब्धि देखेर परिवारजन पनि मख्ख छन्। 

श्रीमान ३५ वर्षीय मुनबहादुर मल्ल भन्छन्, “हाम्रो परिवारको मुखिया (मूली) मिना हुन्। परिवारको सम्पूर्ण आर्थिक व्यवस्थापन मिनाले नै गर्छिन्, छोरा र म पनि कमाएर उनलाई नै दिन्छौं।” उनीहरूका दुईवटा छोरा सदरमुकाम खलङ्गाको एक निजी विद्यालयमा पढ्छन्। मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँकी मिना घरको आर्थिक अवस्था नाजुक भएपछि होटल व्यवसायमा प्रवेश गरेकी थिइन्।

अर्की ३४ वर्षीया महिला लक्ष्मी भण्डारी, जो ६ वर्षदेखि टुँडिखेलको तल्लो गेटमा खाजा बेच्छिन्। उनी पनि आफ्नो परिवारको आर्थिक जीवन सुधार्न यसमा लागेकी हुन्। जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडिचौरबाट आएकी लक्ष्मीले आफ्नो व्यवसायबाट मासिक ७० हजार रुपैयाँ मुनाफा कमाउँने गरेको सुनाइन्। 

लक्ष्मीको श्रीमान रत्न भण्डारीका अनुसार परिवारको सबै खर्च यही आम्दानीले चल्छ। वार्षिक रुपमा ८ लाख रुपैयाँ भन्दा धेरै आम्दानी हुन्छ। बढ्दो निराशाबीच जुम्लामा यी दुई महिलाहरूको आफ्नो क्षमता र मेहनतको बलमा आर्थिक स्वतन्त्रता प्राप्त गरिरहेका छन्। यी महिलाहरूको सफलताले अरुलाई पनि प्रेरणा दिइरहेको छ।

प्रकाशित: ३० मंसिर २०८१ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App