१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ।

आयोजक भक्तपुर चेम्बर अफ कमर्स सल्लाघारीले सोमबार पत्रकार सम्मेलन गरी मेला नेपालीहरूको महान् पर्व शुभविजय दशमीको पावन अवसरमा महोत्सव गर्न लागेको जानकारी दिएको हो।

भक्तपुरको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, संस्कृति, पर्यटन, व्यापार प्रवर्द्धनको निम्ति महोत्सव गर्न लागेको बताइएको छ।

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित खुल्ला मैदानमा आश्विन ९ गतेदेखि १९ गतेसम्म  महोत्सव गर्न लागेको आयोजकले बताएको छ।

भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थानहरूको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउँदै यहाँका स्थानीय उत्पादनहरू लगायत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका उत्पादनहरुको बजारीकरणमा विशेष टेवा पुर्‍याउने उद्देश्यले महोत्सवको रहेको आयोजकले बताएको छ। 

प्रकाशित: २४ भाद्र २०८१ १८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App