१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

टिभिएस नेपालद्वारा 'नयाँयुगको आरम्भ' अफर सार्वजनिक

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई ध्यानमा राखेर 'नयाँयुगको आरम्भ' नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ ।

'नयाँयुगको आरम्भ’ योजनाअन्तर्गत  www.tvsnepal.com/dashain  मा गएर नकिन्दै पाँच लाखसम्म जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक सप्ताह  १०० प्रतिशत क्याशब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।  

यस कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइकवा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजिफाइनान्स उपलब्ध गराउने बताएको छ । साथै, टिभिएसका ग्राहकहरूलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिनेछ ।  

टिभिएसले  'मेरोसाथी' एपमार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डर गर्नेदेखि लिएर टिभिएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण  सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ ।  

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । 

प्रकाशित: २४ भाद्र २०८१ १६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App