१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बैतडीमा नेपाल टेलिकमको टावरमा तोडफोड

बैतडीमा नेपाल टेलिकमको टावर तोडफोड भएको छ। जिल्लाको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड अज्ञात समूहद्वारा तोडफोड भएको हो।  टावरमा राखिएको कृषि विकास बैंकको सर्भर उपकरण समेत तोडफोड भएको छ।

स्थानीय क्षेत्रमा इन्टरनेट नचलेपछि गाँजरीमा रहेको कृषि विकास बैङ्कले सेवा उपलब्ध गराउन असर्मथ रहेको सूचना समेत जारी गरेको छ। घटना व्यक्ति अथवा समुह कसले गराएको हो भन्ने यकीन हुन नसकेको प्रहरीकाे भनाइ छ। 

भदौ १५ गतेबाट बैंकमा इन्टरनेट नचलेपछि बैंकका कर्मचारी टावर हेर्न जाँदा टावर तोडफोड भएको थाहा भएको हो। घटनाको जानकारी आज बिहान थाहा पाएसँगै प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।  

प्रकाशित: १९ भाद्र २०८१ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App