२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

पर्यटनमन्त्रीद्वारा धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय सहकार्य आह्वान

फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमन सुदृढीकरणमा जोड दिएका छन्।

भारतको गुजरातमा आयोजित आठौँ धर्म–धम्म सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पर्यटकीय पूर्वाधार निर्माण तथा पर्यटक आवागमन सहजिकरणको आवश्यकता औँल्याए। आध्यात्मिक सम्पदाको संरक्षण प्रवर्द्धन गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गर्न अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवर्द्धनका साथै विश्वभरका आगन्तुकलाई हाम्रा धार्मिकस्थलको पवित्रताको सहज अनुभूति गराउने वातावरण निर्माण गर्नका लागि सहकार्य गर्न आह्वान गर्दछु।’

मन्त्री पाण्डेले धार्मिक पर्यटनको प्रवर्द्धनका साथै विश्वभरका आगन्तुकलाई नेपालका धार्मिकस्थलको पवित्रताको सहज अनुभूति गराउने वातावरण निर्माणका लागि सहकार्य गर्न आह्वान गर्नुभएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपालको पशुपतिनाथ, हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबीचका साझा सम्पदा रहेको उल्लेख गर्दै उनले नेपालमा यस सम्मेलनको भावना प्रतिविम्बित हुने खालको आध्यामिक अनुभुति गर्न सकिने धारणा राखे। साथै मन्त्री पाण्डेले सम्मेलनका सहभागीलाई नेपाल भ्रमणको निम्तो दिए ।

मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको उल्लेख गर्दै शान्ति र करुणाको प्रतिकको रुपमा नेपालमा धर्म र धम्बका सिद्धान्त सदियौंदेखि व्यवहारमा रहेको कुरामा जोड दिए । ‘हाम्रा मनमोहक हिमाल, पवित्र तीर्थस्थल तथा सांस्कृतिक सम्पदाले ब्रम्हाण्डीय शक्ति र दैवीय उपस्थितिको झल्को दिइरहेका छन् । तसर्थ नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो’, उनले भने ।

इण्डिया फाउण्डेशन’को पहलमा भारतको गुजरातमा आयोजित उक्त सम्मेलनमा मन्त्री पाण्डेले धर्म–धम्म हिन्दू र बौद्ध सभ्यक्रताबीच सदियौँदेखि निरन्तर रुपमा निकट रहेका विचार भएको र जुन आज पनि उत्तिक्कै सान्दर्भिक भएको उल्लेख गए । अहिलेको बदलिदो विषयमा यी दुई विचार बीचको सम्बन्धको पहिचानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो ।

प्रकाशित: ८ भाद्र २०८१ १५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App