४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल उच्च बनाएको छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन् ।

आइतबार लेखा परीक्षकहरूको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।उनले मौद्रिक नीतिको असरले उद्योगी व्यवसायी,बैंकर्स र सर्वसाधारणको गिरेको मानसिकता र मनोबल उठेको पाएको धारणा राखे ।

उनले मौद्रिक नीतिले गरेको लचिलो नीतिगत व्यवस्थाले उठेको मनोबललाई निरन्तर लैजान आवश्यक रहेको बताए । उनले गिरेको मनोबल उच्च बनाउन निजी क्षेत्र, सरकारका सम्बन्ध निकायहरूको महत्त्वपूर्ण भुमिका रहने बताए। उनले मौद्रिक नीतिका व्यवस्थाहरू सबै आफैँले काम नगर्ने भन्दै सबै खालको दायित्व रहेको उल्लेख गरे । उनले यो वर्षको मौद्रिक नीति राष्ट्र बैंकले अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर ल्याएको बताए।उनले चालु आर्थिक वर्षको मौद्रिक नीति गत वर्षको भन्दा लचिलो भएको भन्दै त्यसले बजारमा पार्ने असरका विषयमा राष्ट्र बैंक सतर्क रहेको बताए । 

गभर्नर अधिकारीले मौद्रिक नीतिले बजारलाई चलायमान बनाउनको लागि उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाएको भन्दै राज्यका सम्बन्ध निकायहरूले नीति अनुरूप कार्यान्वयन गर्न जरुरी रहेको बताए। 

प्रकाशित: २० श्रावण २०८१ २०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App