२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

गुल्मीमा राहदानीबाट ६ करोड भन्दाबढी राजस्व सङ्कलन

जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०/८१ मा राहदानीबाट मात्र रु ६ करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सबैभन्दा बढी राजस्व राहदानीबाट सङ्कल भएको जानकारी दिए। १२ हजार चार सय ५० राहदानी वितरण गर्दा सो आवमा २०८०/८१ मा ६ करोड ३३ लाख रुपैयाँ सङ्कल भएको हो। गत आवमा राहदानीबाट सात करोड भन्दा बढी रकम सङ्कलन भएको थियो।

कार्यालयबाट आव २०८०/८१ मा पाँच हजार सात सय ३६ नागरिकताको प्रतिलिपि, ४८  गैरआवासीय नागरिकता र १२ हजार दुइ सय ७३ राहदानी सिफारिस गरिएको छ। यसैगरी सात सय ६६ नाबालक परिचयपत्र, १६ हजार आठ सय ४४ राष्ट्रिय परिचयपत्र विवरण दर्ता र एक हजार नौ सय राष्ट्रिय परिचयपत्र वितरण गरिएको प्रजिअ शर्माले बताए।

जिल्ला प्रशसनमा सोही आवमा २८  मुद्दा दर्ता भएकोमा २३ फछ्र्यौट भएका छन्। त्यसैगरी ७८  ठाडो उजुरी, एक हजार एक सय ४४ नाता प्रमाणित, २६  संस्था, एक सय ७९  संस्था नवीकरण, ७४ हातहतियार नवीकरण, चार सय ५३ दलित, चार सय ९२ जनजाति र ६६  आय विवरण प्रमाणित गरिएको छ।

प्रशासनले नागरिक मैत्री सेवा प्रवाहका लागि कार्यालयमा राहदानी र नागरिकताको लागि विद्युतीय टोकन, ज्येष्ठ नागरिक विश्रामस्थल, बजार अनुगमन, विकास निर्माणमा सहजीकरण, विपद्मा तत्काल राहत वितरण, ज्येष्ठ नागरिक एवं अपाङ्गता भएका सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएको जनाएको छ।

त्यसैगरी जिल्लाका १२ वटै स्थानीय तहमा गएर नागरिकलाई सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण, लागू औषध नियन्त्रण, कारागार सुधार लगायतका काम गर्दै आएको प्रजिअ शर्माले बताए।  

प्रकाशित: ३ श्रावण २०८१ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App