४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सामसुङ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ घोषणा

सामसुङले आफ्नो नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६, साथै ग्यालेक्सी बड्स ३ र ग्यालेक्सी बड्स ३ प्रोको घोषणा गरेको छ ।  सामसुङ इलेक्ट्रोनिक्सले पेरिसमा आयोजित ग्यालेक्सी अनप्याक्डमा सार्वजनिक नयाँ ग्यालेक्सी जेड सिरिजको जेड फोल्डमा ठुलो स्क्रिन प्रयोग गर्न सकिनेछ । 

यस्तै, ग्यालेक्सी जेड फ्लिपको फ्लेक्सविन्डो वा आइकोनिक फ्लेक्समोडको अधिकतम उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ले एआई क्षमताहरूलाई अधिकतम गर्न थप अवसरहरू प्रदान गर्ने कम्पनीको भनाइ छ ।  

सामसुङको फोल्डेबलहरूको निरन्तर नवप्रवर्तनले सबैभन्दा स्लिम  ९पातलो० र हल्का ग्यालेक्सी जेड सिरिज बनाएको छ, जसलाई पोर्टेबिलिटीका लागि अनुकूलित गरिएको बताइएको छ । सीधा किनारको साथ पूर्णतः सममितीय डिजाइनले सौन्दर्यमा आकर्षक समाप्ति प्रदान गर्दछ भने ग्यालेक्सी जेड फोल्ड ६ मा नयाँ कभर स्क्रिन अनुपातले अधिक प्राकृतिक बार(प्रकारको दृश्य अनुभव प्रदान गर्दछ।

 ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ दुवै ग्यालेक्सीको लागि स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन् । प्रोसेसर एआई संस्करणको लागि अनुकूलित छ र उन्नत ग्राफिक्सको साथसाथै सुधारिएको समग्र प्रदर्शन प्रदान गर्दछ । उन्नत कुलिङ प्रणालीले ग्यालेक्सी जेड फोल्ड ६मा ठुलो भ्यापर चेम्बरको साथ प्रदर्शनलाई अधिकतम बनाउँछ ।

प्रकाशित: २७ असार २०८१ १७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App