१४ पुस २०८२ सोमबार
image/svg+xml
अर्थ

वर्षाले सात दिनदेखि अवरूद्ध रारा विमानस्थलकाे हवाई उडान सञ्चालनमा

मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ। अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान  आजदेखि पुनः सञ्चालनमा आएको हो।

रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन्। हवाई उडान नहुँदा यात्रुहरु मुगुमै बस्न बाध्य थिए।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध  हुँदै आएको थियो।

'गाडीबाट जाउँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन। सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो', छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए। 

प्रकाशित: २५ असार २०८१ १५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App