१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बिमा प्रावधान सुधारको काम हुँदैछ

फाइल तस्बिर

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाका प्रावधान सुधार र परिमार्जनका लागि गृहकार्य भइरहेको जानकारी दिइन्।  

राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा स्वास्थ्य बिमालाई दिगो बनाउने उद्देश्यले विज्ञ सहितको समिति गठन गरिएको र समस्या तथा चुनौती पहिचान गरी समाधानको प्रयास भइरहेको तथ्य प्रस्तुत गरिएको छ।

छलफलमा स्वास्थ्य बिमा कार्यान्वयनमा झन्झटिलो प्रक्रिया रहेको र यसलाई सुधार गर्न गृहकार्य भइरहेको उल्लेख गरिएको छ। पहिलो सेवा बिन्दुको व्यवस्थापन र बिमा ऐनका दफाहरूमा परिमार्जन आवश्यक रहेको विषयमा विचार भइरहेको जानकारी दिइएको छ।

स्वास्थ्य बिमा बोर्ड, सामाजिक सुरक्षा कोष लगायतसँग छलफल गरी सुधारका कार्य अघि बढाइएको छ। स्वास्थ्य बिमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषद्बाट सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) का लागि पूर्वस्वीकृति प्राप्त भइसकेको छ। स्वास्थ्य बिमाबापत अस्पतालहरूलाई भुक्तानी हुन बाँकी सात अर्ब रुपैयाँको बक्यौता रकम अर्थ मन्त्रालयमार्फत निकासा गरिएको छ।

स्वस्थ जीवनशैली र खानपान सुधार गरेर नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा सबैको भूमिका आवश्यक रहेको र यसबारे थप प्रचार र प्रवद्र्धन आवश्यक रहेको तथ्य प्रस्तुत गरिएको छ।

प्रकाशित: १४ पुस २०८२ १७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App