१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

फुङलिङका इञ्जिनियर हुसेनको घरमा अख्तियारको छापा

सेवाग्राहीसँग १ लाख रुपैयाँ अतिरिक्त रकम लिएको आशंकामा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इञ्जिनियर अख्तर हुसेनको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । 

सेवाग्राहीले उजुरी दिएपछि हुसेनलाई नियन्त्रणमा लिँदै अख्तियार टोलीले उनको निवासमा खानतलासी गरेको हो । हुसेनमाथि फुङलिङ नगरपालिका वडा नं २ स्थित निर्माणाधीन रंगशाला आसपास ६ लाख ६४ हजार रुपैयाँ बराबरको माटो कटिङको काममा निर्माण व्यवसायीबाट २० प्रतिशतले हुन आउने रकम लिएको अभियोग छ ।  

‘मलेपलाई समेत दिनुपर्ने भन्दै नदिए योजनाको प्राविधिक पास नगर्ने धम्की दिएपछि बाध्य भएर १ लाख रुपैयाँ बुझाएको हुँ’ निर्माण व्यवसायी वीरबहादुर तामाङले भने । पैसा अनिवार्य दिनुपर्ने भन्दै हुसेनले आफुलाई दिनको एक सय पटकसम्म फोन गर्ने गरेको तामाङको भनाइ छ ।  

अख्तियारको टोलीले भने खानतलासी सहितका सबै कार्य पूरा भई मुचुल्का उठेपछि मात्र घटना विवरणबारे आधिकारिक जानकारी दिने बताएको छ । अख्तियारले अनुसन्धान प्रकृया जारी राखेको छ ।

प्रकाशित: १७ असार २०८१ १७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App