शीर्ष वरीयाताकी एरिना सबलेन्का र पाँचौ वरीयाताकी एलिना रिबाकिना अस्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्नेभएका छन् ।
बिहीबारको सेमिफाइनलमा १२औं वरीयाताकी एलिना भिटोलिनामाथि सोझो सेटको जित निकाल्दै बेलारुसकी सबलेन्का उपाधि नजिक पुगेकी हुन् । पहिलो सेट ६-२ ले जितेकी सबलेन्काले दोस्रो सेटमा युक्रेनकी भेटोलिनालाई ६-३ ले बाजी मारिन् ।
अर्को सेमिफाइनलमा काजकिस्तानकी रिबाकिनाले अमेरिकाकी जेसिका पेगुलालाई सोझो सेटमा हराइन् । पहिलो सेटमा ६-४ को सहज जित निकालेकी रिबाकिनाले दोस्रो सेटमा पेगुलालाई हराउन संघर्ष गर्नुपरेको थियो । १ घण्टा ४० मिनेट चलेको उक्त खेलको दोस्रो सेटमा रिबाकिनाले ७-६(९-७) ले आफ्नो पक्षमा पारेकी थिइन् ।
उपाधि भिडन्त शनिबार हुनेछ ।
प्रकाशित: १५ माघ २०८२ १८:०३ बिहीबार





