२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

कोसीको बजेट ३५ अर्ब २७ करोड

कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि ३५ अर्ब २७ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले शनिबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

चालु तर्फ १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख विनियोजन गरेको आर्थिक मामिला मन्त्री रानाले जानकारी दिए।

यस्तै वित्तीय व्यवस्थापन तर्फ २ करोड र स्थानीय तहको वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

बजेटले  पूर्वाधार विकास, कृषि, पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ। चालु आर्थिक वर्षका लागि कोसी प्रदेश सरकारले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको थियो।

हेर्नुहोस् बजेटकाे पूर्णपाठ

प्रकाशित: १ असार २०८१ १७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App