३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

४ सयले घट्यो सुनकाे मूल्य

स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुन ४ सयले बढेको थियो। जसमा प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। सुन आज १ लाख ३७ हजार २ सय रुपैयाँमा झरेको हो।

वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो। चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ।

आइतबार प्रतितोला १ हजार ६६० रुपैयाँ रहेको चाँदी आज प्रतितोला १ हजार ६६५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८१ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App