२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकद्वारा कृत्रिम हात वितरण

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत इनेबल नेपाल सांस्थासँगको साझेदारीमा देशका विभिन्न स्थानहरूबाट बसोबास गर्ने र कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकालाई चाहिने कृत्रिम हातहरू वितरण गरेको छ।

बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र इनेबल नेपाल सांस्थाका पदाधिकारीबाट कृत्रिम हातहरू बालबालिकालाई वितरण गरिएको हो।

हाल बैंकले पाँच थान कृत्रिम हातहरू वितरण गरिसकेको र निकट भविष्यमा थप कृत्रिम हातहरू वितरण गर्ने बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले बताए।

प्रकाशित: १० वैशाख २०८१ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App