२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको वार्षिकोत्सवमा सेवामूलक कार्यक्रम

सिटिजन्स बैंकले १७औं वार्षिक उत्सवको अवसरमा घरवारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिई बसेका व्यक्तिलाई भोजनको व्यवस्था गरेको छ।

बैंकले चैत २० देखि वैशाख ६ गतेसम्म १७ दिनमा करिब एक हजार ७०० व्यक्तिलाई भोजनको व्यवस्था गरेको हो। भोटु–इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसलाई बैंकले भोजन वितरण गरेको हो।

यस्तै बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा वैशाख ६ गते कोसी प्रदेशको धरान शाखाबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। करिब १५० जना सेवाग्राहीको स्वास्थ्य परीक्षण निःशुल्क गर्नुका साथै आवश्यक औषधीसमेत निःशुल्क वितरण गरेको छ।

साथै कोसी प्रदेशको धरान र महेन्द्रचोक शाखा, मधेश प्रदेशको महेन्द्रनगर धनुषा शाखा, बागमती प्रदेशको ठिमी, थानकोट, भैंसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाहरूबाट बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।

प्रकाशित: ९ वैशाख २०८१ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App