१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

बल्खुस्थित साझाको पेट्रोलप पम्प आजदेखि २४ सै घण्टा खुल्ने

साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोल पम्पबाट आजदेखि चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुवात गरिएको छ। एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गरेका हुन्।

कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको उल्लेख गरे। नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा पनि मन्त्री भण्डारीले जोड दिए।

उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा बताउँदै सेवा प्रवाह, शुद्धता, चुहावट लगायत सबै कुरामा सुधारको खाँचो रहेको औँल्याए।

मन्त्री भण्डारी आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। उनकै निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रह बमोजिम पेट्रोलियम पदार्थ वितरण चौबीसै घण्टा गर्ने सुरुवात गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

उनले मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबीसै घण्टा गरिने जनाए।

प्रकाशित: २१ चैत्र २०८० १७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App