१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको मिति परिवर्तन

समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवंं विभिन्न संघ संस्थाहरूको सहकार्यमा काठमाडाैंमा आयोजना हुन लागेको नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट– २०२४) को मिति परिवर्तन गरिएको छ।

भारतमा हुन लागेको आसन्न निर्वाचनको कारण आवागमन बन्द रहने तथा कतिपय स्थानमा नेपाल भारत सीमा समेत बन्द रहने हुनाले भारत तथा भारत हुँदै नेपाल आउने विभिन्न देशका क्रेता तथा अन्य सहभागीहरूलाई नेपाल आउन कठिनाइ हुने देखिएपछि आयोजकले मिति परिर्वतन गरेको जनाएको छ। मे ३१ र जुन १ तारिखमा भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको कार्यक्रम आगामी जुन १४ र १५ मा आयोजना गरिने आयोजकले जनाएको छ।

नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोले नेपालको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदालाई उजागर गर्दै विश्वपर्यटन समुदायभित्र अर्थपूर्ण सम्बन्ध र सहकार्य प्रवद्र्धन गर्ने एउटा प्रमुख कार्यक्रम हुने लक्ष्य लिएको छ।

नाइट एक्स्पोमा २५० भन्दा बढी होस्ट गरिएका खरिदकर्ता, एक हजार बढी ट्रेड आगन्तुक, र १३० भन्दा बढी प्रदर्शकहरूसहित नेपाल, भारत, चीन, हङकङ, श्रीलंका, भुटान, बंगलादेश, माल्दिप्स, भियतनाम, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, दुवई, टर्की, फिलिपिन्स र अजरबैजान गरी १६ भन्दा बढी देशका प्रदर्शकहरूको सहभागिता रहने छ।

यस्तै एक्स्पोमा ट्राभल एजेन्सी, होटल, एयरलाइन्स, टुर अपरेटरलगायत विभिन्न क्षेत्रका प्रदर्शकहरूको समेत सहभागिता रहने छ।

प्रकाशित: २१ चैत्र २०८० १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App