१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अर्थमन्त्री र कोरियाली राजदूतबीच शिष्टाचार भेट

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ।

अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कोरियाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को लगानीमा विभिन्न ११ वटा आयोजना रहेको र ती आयोजनाको प्रगति सन्तोषजनक पाइएको बताए।

नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि पहल गरिदिन पनि अर्थमन्त्री पुनले राजदूत थेयङलाई आग्रह गरे।

अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा नेपाल स्पष्ट रहेकाले त्यसको वातावरण बनाउन आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन सरकार लागिरहेको पनि उनको भनाइ छ। नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको चर्चा गर्दै अर्थमन्त्री पुनले दक्षिण कोरियाको विकास मोडलबाट नेपालले धेरै कुरा सिक्न बाँकी रहेको बताए।

यसअघिका विकास साझेदारी कार्यक्रम र रोगजारी प्रणाली (इपिएस) लाई निरन्तरता गर्दै लगिने राजदूत थेयङले बताए। नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको जानकारी पनि उनले दिए। –रासस

प्रकाशित: ९ चैत्र २०८० १६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App