१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सुनको मूल्य २ हजार छ सयले बढ्यो

स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला दुई हजार ६ सयका दरले वृद्धि भएको छ। बुधबार प्रति तोला सुन एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु एक लाख २७ हजार आठ सय तोकिएको छ।

यस्तै तेजाबी सुन बुधबार प्रति तोला एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ।

त्यस्तै चाँदीको मूल्य प्रति तोलामा ३५ ले वृद्धि भएको छ। बुधबार प्रति तोला एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ।

प्रकाशित: ८ चैत्र २०८० १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App