२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गरिमा विकास बैंक र टानबीच सम्झौता

गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सम्झौता भएको छ। दुवैबीच सदस्य संस्थाहरूलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियतसहित सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र टानको तर्फबाट अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गरेका छन्।

सो सम्झौतापश्चात् टानका सदस्यलाई बैंकले अधिकतम ५० लाख रूपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ। साथै पाँच लाख रूपैयाँसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउनेछ। यी सेवाले टान सदस्यलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ६ चैत्र २०८० १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App