१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरा पर्यटन राजधानी घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गरेका छन्।

फेवाताल किनारको बाराहीघाटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले पोखरालाई ‘पर्यटनको राजधानी घोषणा’ गरेका हुन्।

‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु,’ प्रधानमन्त्री दाहालले भने।

राजधानी घोषणा गर्नुअघि पोखरामा स्थानीयले झाँकी निकालेका थिए। पोखरा महानगर, पर्यटन व्यवसायी, महिला, आमा समूह, युवा क्लब र विद्यालयले समेत विद्यार्थीलाई उक्त कार्यक्रममा सहभागी गराएका थिए। पर्यटन व्यवसायीले राजधानी घोषणाले पोखरालाई अन्तर्राष्ट्रिय बजारमा ब्राण्डिङ गर्न सघाउने बताए।

पोखरा महानगरका मेयर धनराज आचार्यले राजधानी घोषणाले आगामी दिनमा थप पूर्वाधार बनाउन दबाब पुग्ने र त्यसको लाभ पोखराले पाउने बताए।

प्रकाशित: ४ चैत्र २०८० १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App