१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा कम राजस्व संकलन

नेपालगञ्ज भन्सार कार्यालय। तस्बिर: अर्जुन/नागरिक

नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/०८१ को साढे ८ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार राजस्व उठाउने लक्ष्य राखेको छ। कार्यालयले लिएको मासिक लक्ष्य अनुसार पनि राजस्व संकलन कम भएको देखिन्छ।

कार्यालयले चालु आर्थिक वर्षको साउन महिनादेखि यही फागुन २० गतेसम्म ११ अर्ब १० करोड ३७ लाख ९१ हजार रूपैयाँ राजस्व संकलन गरेको भन्सार अधिकृत एवम् सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए।

संकलन भएको राजस्व ६१ दशमलव ९० प्रतिशत हो। कार्यालयले दैनिक औषत आठ करोड ३३ लाख ९३ हजार रूपैयाँका दरले राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

कार्यालयले चालु वर्षको साउन महिनाका लागि मात्रै एक अर्ब ८१ करोड ३० लाख ८४ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ४१ करोड ४० लाख ९८ हजार रूपैयाँ संकलन गरेको छ। भदौ महिनामा दुई अर्ब २२ करोड १४ लाख ५८ हजार संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ४५ करोड ११ लाख ८० हजार संकलन भएको पाइएको छ।

यस्तै असोज महिनामा दुई अर्ब ४४ करोड ५३ लाख ८६ हजार संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ४८ करोड ६० लाख ९९ हजार संकलन भएको छ। कात्तिक महिनामा दुई अर्ब ३८ करोड ९१ लाख ९२ हजार संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब २४ करोड २१ लाख ५० हजार संकलन गरेको सूचना अधिकारी लम्सालले जानकारी दिए।

कार्यालयले मंसिर महिनामा दुई अर्ब ५२ करोड ३६ लाख ६६ हजार संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ५५ करोड ८९ लाख ९९ हजार रूपैयाँ संकलन गरेको छ। त्यस्तै पुस महिनामा दुई अर्ब ५६ करोड ६० लाख ६६ हजार संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ५३ करोड ५५ लाख ५६ हजार रूपैयाँ संकलन भएको छ।

त्यसैगरी माघ महिनामा दुई अर्ब ३१ करोड ४२ लाख १२ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ३१ करोड ८१ लाख २२ हजार संकलन भएको छ। कार्यालयले फागुन महिनामा दुई अर्ब ५० करोड १७ लाख ६५ हजार संकलन गर्ने लक्ष्य राखेकोमा यही फागुन २० गतेसम्म एक अर्ब नौ करोड ७५ लाख ८६ हजार रूपैयाँ संकलन गरेको सूचना अधिकारी लम्सालले जानकारी दिए।

कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार, वैशाख महिनामा दुई अर्ब ४७ करोड २५ लाख १२ हजार, जेठ महिनामा दुई अर्ब ४९ करोड ६६ लाख एक हजार र असार महिनामा दुई अर्ब ४६ करोड ८२ लाख १९ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्राेलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात (पैठारी) र नेपालगञ्जबाट जडीबुटी लगायतका वस्तुहरू भारततर्फ निकासी हुने गरेको छ। 

प्रकाशित: २७ फाल्गुन २०८० ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App