२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

अनरले जित्यो एमडब्लुसीमा ४५ अवार्ड

अनरले यस वर्ष ग्लोबल मिडियाबाट कुल ४५ वटा अवार्ड प्राप्त गरेको छ। एन्ड्रोइड हेडलाइन्सले अनर म्याजिक प्रो (फोन) लाई बेष्ट अफ एमडब्लुसी–२०२४ बाट सम्मानित गरेको हो।

यस्तै टेक मिडिया सिनेटले पनि म्याजिक सिक्स प्रो यो वर्ष उपलब्ध सबैभन्दा आकर्षक एन्ड्रोइड फ्ल्यागसिपहरूमध्ये एक भएको जनाएको छ।

कम्पनीका अनुसार अनरको इतिहासमा पहिलो एआई पिसीको लागि अनर म्याजिकबुक प्रो सिक्सटिनलाई विश्वव्यापी मिडियाबाट समर्थन प्राप्त गर्दै पहिलो पटक विश्वव्यापी रूपमा प्रदर्शन गरिएको छ।

यस्तै अत्याधुनिक डिजाइन प्रेरणाको सन्दर्भमा विश्वव्यापी र प्रिमियमको प्रतिष्ठित पहिचानको रूपमा पोर्सची डिजाइन अनर म्याजिक भिटु आरएसआरलाई पनि सम्मान गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०८० ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App