१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

लघुवित्त सशक्तिकरण तालिम सम्पन्न

बुटवलको आरएसडिसी लघुवित्तले संस्थाका कर्मचारी सशक्तिकरण विषयक तालिम सम्पन्न गरेको छ। ग्राहक संरक्षण कोषअन्तर्गत आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभागअन्तर्गत कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले सो तालिम गरेको हो।

लघुवित्त क्षेत्रमा देखिएको चुनौतीपूर्ण अवस्थाको सामना गर्दै यस क्षेत्रको स्थायित्वका लागि कर्मचारीको मनोबल उच्च राख्न, ज्ञान, सिप र क्षमताको अभिवृद्धिको लागि विभिन्न साझेदार लघुवित्त संस्थाहरूमा कार्यरत कर्मचारीलाई निरन्तर आरएसडिसी लघुवित्तले ग्राहक संरक्षण कोषअन्तर्गत प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०८० ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App