२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रभु महालक्ष्मी लाइफको सिइओमा प्रसाई नियुक्त

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन्।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्व गरेको अनुभव छ।

प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको छ। प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन्।

प्रकाशित: २० फाल्गुन २०८० ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App