१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

महोत्तरीमा ग्लोबल बैंकको नयाँ शाखा

ग्लोबल आइएमई बैंकले महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा पाँच नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। गौशाला शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ।

बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको नयाँ शाखा कार्यालय सञ्चालनसँगै ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेको बैंकले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८० १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App