१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कर्णाली प्रदेशमा २९ प्रतिशतमा मात्रै सिँचाइ सुविधा

फाइल तस्वीर

कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ। अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुग्दा ७१ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न नसकेको हो। प्रदेशका ५७ प्रतिशत किसानको पहुँचमा सिँचाइ सुविधा पुगेको तथ्यांक कार्यालयले जनाएको छ।

कर्णालीमा एक लाख २३ हजार ६ सय ६२ हेक्टर जमिनमा खेती हुँदै आएको तथ्यांकमा जनाइएको छ। जसमध्ये २९ हजार दुई सय ४१ हेक्टर क्षेत्रफलमा धान, ४० हजार ८३ हेक्टर क्षेत्रफलमा मकै, ५१ हजार २६ हेक्टर क्षेत्रफलमा गहुँ, तीन हजार तीन सय १२ हेक्टर क्षेत्रफल जग्गामा तरकारी खेती हुँदै आएको तथ्यांकमा उल्लेख छ।

प्रदेशमा सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नपुग्दा भनेअनुसारको उत्पादन हुनसकेको छैन। जसले गर्दा परनिर्भरता बढ्दै गएको कृषि विज्ञहरू बताउँछन्। राष्ट्रिय कृषि गणनाअनुसार कर्णाली प्रदेशका ८४ प्रतिशत नागरिकको मुख्य आम्दानीको स्रोत कृषि हो।

प्रदेश सरकारले भने आंशिक र पूर्णकालीन गरी ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको दाबी गरेको छ। प्रदेशको कृषि निर्देशनालयका अनुसार ४२ हजार हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ। 

प्रकाशित: १६ फाल्गुन २०८० ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App