२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कामनामा भिडियो केवाइसीमार्फत अनलाइन खाता खोल्न सकिने

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ।

मोड्युल सार्वजनिक भएसँगै बैंकमा खाता खोल्न ग्राहक स्वयं उपस्थित हुनुपर्ने छैन। अनलाइन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भए तापनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्न बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो।

ग्राहकले अनलाइन खाता खोल्ने क्रममा बैंक प्रतिनिधिसँग आफूलाई पायक पर्ने समय तय गरेर वा अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात र आवश्यक विवरण रेकर्ड गरी ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने सक्ने छन्।

प्रकाशित: ८ फाल्गुन २०८० १४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App