१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल चिया विकास निगमलाई अन्तर्राष्ट्रिय पुरस्कार

नेपाल चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित चियाको बृहत् प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम गरेको छ।

उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन र भरतपुर महानागरपालिकाको सह–आयोजनामा माघ २६ र २७ गते नारायणी नदीको किनारमा नेपालमा उत्पादित चियाहरूको बृहत् प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम भएको हो। मेलामा विभिन्न चिया उत्पादक कम्पनीले आफ्नो उत्पादनको प्रदर्शनी एवम् टेष्टिङ कार्यक्रम गरेका छन्।

कार्यक्रमको उद्घाटन कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुषालले गरेका छन्। यस्तै कार्यक्रममा आठौं एसिया टी कम्पिटिसन २०२३ को चिया गुणस्तरमा गोल्ड विजेता नेपाल चिया विकास निगमका कार्यकारी अध्यक्ष सुभाषचन्द्र संघाइलाई सम्मान गरेको छ। कम्पिटिसनमा नेपाल चिया विकास निगमको कन्याम बगानको चिया गोल्ड विजेता बनेको छ।

निगमले झापा र इलाममा रहेको आफ्ना सात वटा चिया वगानहरूबाट उत्पादित टोकला चियाजस्ता चियाको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ। कम्पनीका अनुसार यस पुरस्कारले नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन र प्रवद्र्धन गर्न थप टेवा दिने छ।

प्रकाशित: ३ फाल्गुन २०८० ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App