२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

जुलीज केक र पेस्ट्रीले सुरु गर्‍यो अनलाइन सेवा

जुलीज केक र पेस्ट्रीले ग्राहकको सुविधाका लागि अनलाइन सेवा सुरु गरेको छ। जुलीले आफ्नो दुई दशकको यात्रामा हरेक पटक नवीन प्रविधि अँगाल्दै आएकोमा हाल आफ्नै इकमर्स प्लेटफर्म सार्वजनिक गरेको हो।

आधुनिकतातर्फ कदम चाल्दै जुलीले इ–वाणिज्य संसारमा पाइला राख्दै आफ्नै पूर्ण अनलाइन सेवा अनावरण गरेको बताएको छ। जुलीको अनलाइन सेवामार्फत ग्राहकले आफूलाई मनपर्ने र गुणस्तरीय बेकरी तथा केक आईटम सहजै घरमा मगाउन सक्नेछन्।

यस रणनीतिक कदमले ग्राहकको सुविधाको लागि आफ्नो प्रतिबद्धतालाई मात्र नभएर अनुकूलनलाई पनि प्रतिविम्बित गर्ने कम्पनीले बताएको छ।

प्रकाशित: २९ माघ २०८० ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App