२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मौसमको पूर्व सूचना दिन एनसेल र मौसम विभागबीच सहकार्य

एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यलाई थप विस्तार गरेको छ। यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरूका बारेमा पूर्व सूचना प्रवाह गर्ने भएको छ।यस सम्बन्धमा आज बुधवार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यो समझदारी पत्र अनुसार, एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणाली अन्तर्गत अब १३ वटा प्रकोपहरूका बारेमा आम जनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्ने छ। ती १३ प्रकोपहरूमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषण रहेका छन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले बुधबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

पूर्व सूचना प्रणालीमा अग्रणी भूमिका निर्वाह गर्दै सन् २०१६ देखि बाढीको पूर्व सूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई सहकार्यका लागि महानिर्देशक डा जगदिश्वर कर्माचार्यले धन्यवाद दिए। मौसममा आधारित थप १० जोखिमहरूलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहका लागि सहकार्य गरिएको बताए।

बाढीको प्रकोप बढ्दै गए पनि त्यसबाट हुने मानवीय क्षति कम गर्न सघाउ पुगेको बताए। जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्हरूलाई पूर्व सूचना प्रणालीमा समेट्ने गरी सहकार्य गर्न पाएकोमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले खुसी व्यक्त गरे। एनसेलले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्घता अनुरूप सहयोग गरेको बताए। सन् २०१६ देखि पूर्व सूचना प्रणालीलाई अघि बढाउँदै आएका उनले बताए।

आम नेपाली जनमानसलाई यस प्रणाली मार्फत सम्भावित विपद्बाट जोगाउने निरन्तरको प्रयास जारी रहने उनले बताए।एनसेल र विभागको यो सहकार्य सार्वजनिक निजी साझेदारीमा कसरी प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने उदाहरण हो।

पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसलाई सम्भावित जोखिमबारे सूचित गर्दै आ–आफ्ना सामानहरू लिएर सुरक्षित स्थानमा जान अग्रिम जानकारी दिन्छ।सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरी बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसलाई पूर्व सूचना प्रवाह गर्दै आएको छ।२०२३ मा एनसेलले ९० लाख भन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो।

प्रकाशित: २५ पुस २०८० १५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App