२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

भारतीयसहित सरकारको कालो सूचीमा थप दुई कम्पनी

सरकारले समयमा काम पुरा नगर्ने विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो। कार्यालयले बुधवार यी कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

कार्यालयले आज एक सूचना जारी गर्दै मध्य पहाडी राजमार्ग (पुष्पलाल) खण्डमा कार्यरत र पोखरा नगरपालिका अन्तर्गत काम गरिरहेको अर्को कम्पनीलाई क्रमशः तीन र दुई वर्षका लागि कालो सूचीमा राखेको जनाएको छ।

कार्यालयले सडक विभाग अन्तर्गतको मध्य पहाडी निर्देशनालय राजमार्ग कार्यालय कुश्मा, पर्वत र पोखरा महानगरपालिकाको सिफारिसमा ती कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेको हो।

कालो सूचीमा पर्ने कम्पनीहरूमा विरेन्द्रनगर सुर्खेतस्थित एमपी/एससीएफ/इसीसी जेभी अन्तर्गतका भारतीय नागरिक आदित्य सितानी मुख्य व्यक्ति रहेको एमपी सितानी एण्ड सन्स पश्चिम भारत, बङ्गाल छ। माथि उल्लेखित कम्पनी अन्तर्गतकै मुख्य व्यक्ति सूर्यबहादुर खड्का रहेको सूर्य कन्स्ट्रक्सन प्रालि सुर्खेत, सुरेन्द्रराज पौडेल मुख्य व्यक्त रहेको एलिट कन्स्ट्रक्शन प्रालि सुकेधारा काठमाडौँ पनि छन्। उल्लेखित कम्पनीहरूलाई तीन वर्षका लागि कालो सूचीमा राखिएको छ।

यसै गरी मुख्य व्यक्ति भावेश बोहोरा रहेको मोरङ विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई पनि २ वर्षका लागि कालो सूचीमा राखेको छ।

कार्यालयले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने ब्यहोरा पनि जानकारी गराएको छ।

प्रकाशित: १२ पुस २०८० ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App