२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल वायुसेवा निगम र थाइ एयरवेज बीच ग्राउण्ड ह्याडलिङ्ग सम्झौता

नेपाल वायुसेवा निगम र थाइ एयरवेज बीच ग्राउण्ड ह्याडलिङ्ग सम्झौता भएको छ।

आइतबार सम्झौतामा निगमका तर्फबाट कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले र थाई एयरवेजको तर्फबाट थाइ एयरवेजका वेष्टर्न एण्ड मिडिल इष्ट मामिला प्रमुख श्री नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समय देखि उडानको सेल्फ ह्याडलिङ्ग गर्दै आएको थाई एयरवेजले सेल्फ ह्याडलिङ्ग गर्न छोडी नेपाल वायुसेवा निगमसँग सम्झौता गरेको छ।

नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन थाइ एयरवेजले ८० थान ग्राम ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीहरु समेत नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको छ।

प्रकाशित: ८ पुस २०८० १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App