७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

पूर्व–पश्चिम राजमार्ग मर्मत

कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मत कार्य सुरु गरिएको छ। सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न) का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो।

राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारीका तारानाथ सिग्देलले बताए। उनका अनुसार पटके मर्मतका लागि लम्कीबाट अत्तरिया र कान्ला पुलबाट गड्डाचौकीसम्म ठेक्कामार्फत काम भइरहेको छ।

राजमार्गको कैलाली खण्डमा ८० किलोमिटर र कञ्चनपुर क्षेत्रमा १२ किलोमिटर क्षेत्रमा मर्मत भइरहेको उनले बताए। ‘सडक मर्मतका लागि तीन महिनाभित्र काम सक्ने गरी एक करोड रुपैयाँमा ठेक्का आह्वान गरिएको हो’, उनले भने, ‘पुस मसान्तसम्म अन्तिम म्याद रहेको छ।’ पटके मर्मतका लागि वर्षमा दुईपटक ठेक्का आह्वान गरी काम अगाडि बढाउने कार्य हँुदै आएको छ।

यसैगरी चिसापानीबाट लम्कीसम्मको १० किलोमिटर सडकमा अस्पाल्ट ओभरले (कालोपत्रमाथि कालोपत्रको लेयर थप्ने) कार्यका लागि सात करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको उनले बताए। ‘सडक बिग्रिएको थियो, सुधारका लागि कालोपत्रको लेयर थप्ने कार्य थालिएको छ’, उनले भने, ‘ठेक्का सम्झौताअनुसार कार्य मंसिर महिनाभित्रै सक्नुपर्ने थियो, सकिएको छैन।’

निर्माण सामग्री अभावमा व्यवसायीले काम नसकेकाले म्याद थपका लागि निवेदन दिएको उनले जानकारी दिए। अब मात्रै पाँच–दश दिनमा सकिने काम छ, त्यसका लागि निर्माण व्यवसायीलाई काम गर्नका लागि म्याद थप गर्नेबारे प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सिग्देलले बताए। –रासस

प्रकाशित: ५ पुस २०८० ००:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App