१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको अध्यक्षमा श्रेष्ठ

अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर्स अफ कमर्स नेपाल  (एमच्याम) अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन्। एमच्यामको वार्षिक साधारणसभाले मेटलाइफ अमेरिकन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

सात सदस्यीय कार्यसमितिमा श्रेष्ठसहित लिपफ्रग टेक्नोलोजीका कैलाशराज विजयानन्द, पठाओ नेपालका अशिममान सिंह बस्न्यात, गो फोर्डका आकाश गोल्छा, लक्ष्मी सनराइज बैंकका मनिष थापा, मोघा इनर्जीका समर्थ मोघा र बोटलर्स नेपाल लिमिटेडका स्नेह राजभण्डारी निर्वाचित भएका छन्।

ऊर्जा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन आवश्यक पहल गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ।

प्रकाशित: २५ मंसिर २०८० ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App