१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

‘ग्राउन्ड ह्यान्डलिङ’ कार्य निगमलाई नै दिन आग्रह

वायु सेवा निगमले सञ्चार माध्यमहरूमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आएका ग्राउन्ड ह्यान्डलिङ सेवा निरन्तरता सम्बन्धमा संस्थाको ध्यानाकर्षण भएको जनाएको हो।

साथै त्यससम्बन्धी निर्णयले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको निगमको लगानी र सम्पत्तिमा हानी नोक्सानी पुग्ने भएकाले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राखी निगमको कार्यसमिति र निगममा रहेका चार ट्रेड युनियनसहित बसेको निगम व्यवस्थापनको बैठकले निगमले नै ग्राउन्ड हेन्डलिङ गर्नुपर्ने कुरामा एकताबद्ध रहेको जनाएको छ।

निगमको स्थापना कालदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आइरहेको र सो सेवालाई सुरक्षित, विश्वसनीय र गुणस्तरीय बनाउन निरन्तर लगानी गर्दै आइरहेको निगमले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति पाएको हुँदा यस क्षेत्रमा जनशक्तिलगायत उपकरणहरूको लागि थप लगानी गरी सेवालाई निरन्तरता दिइरहेको अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।

 यसबाट पनि निगमले हाल अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्षम रहेको प्रमाणित भएको निगमले जनाएको छ।

यस्तै निगमले ग्राउन्ड ह्यान्डलिङ गर्नुपर्ने कुरामा एकताबद्ध रही दृढतापूर्वक उभिने पनि जनाएको छ।

यसको निरन्तरताको लागि लगानीको सुनिश्चितता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुरक्षासमेतको लागि सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको निगमले नै निर्वाध रूपमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्नुपर्छ भन्ने सम्बन्धमा सम्बन्धित निकाय तथा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पहल गरी अनुरोध गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

यही मंसिर १५ गते नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनोट गर्ने निर्णय गरेको थियो। यसैक्रममा निगमले युरोपियन युनियनको स्कोप अफ अडिटसँग सम्बन्धित नै नरहेको विमानस्थल ग्राउन्ड ह्यान्डलिङ सेवाप्रति आक्रमक हुनु अप्रासंगिक भएको पनि बताएको छ।

प्रकाशित: २१ मंसिर २०८० ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App