१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बेलाकोको शाखा जनकपुरमा

बेलायती ब्रान्डको बेलाको होम अप्लायन्सेसले मधेस प्रदेशको राजधानी जनकपुरबाट घरासयी विद्युतीय सामग्रीको बिक्री वितरण आरम्भ गरेको छ।

बेलाको होम अप्लायन्सेसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अब्दुल वासिदले होम अप्लायन्सेसले जनकपुरमा नयाँ शाखा बिस्तार गरेर मधेसका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउँदै आइरहेको बताए।

‘हामीले नयाँ शाखा उद्घाटन मात्र गरेका छैनौं, मधेसका बासिन्दासँग सम्बन्ध गाँसेका छौं’, उनले भने, ‘समुदायहरूलाई जोड्ने पुलको काम बेलाको ब्रान्डले गर्दैछ। ग्राहकको ढोकाढोकामा पुगिरहेका छौं।’

सिइओ वसिदले बेलाको होम अप्लायन्सेस एउटा ब्रान्ड मात्र नभएर सबैको मनमा बस्ने उत्पादन बनेको दाबी गरे। ‘बेलाको ब्रान्ड प्रयोग गर्ने हरेक परिवारका सदस्यले हाम्रा सामग्रीमा गुणस्तर र नवीनताको अनुभूति गर्ने छन्। सही सामग्री खरिद गरेकोमा उहाँहरूलाई गौरवानुभूति हुने छ,’ उनले भने।

जनकपुरमा पाइला चाल्दा आफूहरू विश्वसनीयताको बिरासत र भविष्यको लागि एउटा लक्ष्य बोकेर आएको उनले बताए।  देशमा केही गर्नैपर्छ भन्ने हुटहुटीलाई आफ्नो मातापिताले हौसला दिँदा आफ्नो गृहनगरमै बेलाकोको दोस्रो सोरुम स्थापना गर्न सफल भएको उनले बताए।

गैरआवासीय नेपाली संघको युरोपका संयोजक चिन्तामणि सापकोटाले जस्तो सुकै परिस्थितिमा पनि एनआरएनएले देशको हितमा मात्रै सोच्ने धारणा राख्दै सोहीअनुसार लगानी भित्र्याइरहेको बताए।

शुभारम्भ कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद विमलेन्द्र निधिले नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई आग्रह गरे। बेलाकोका कन्ट्री हेड लक्ष्मण सापकोटाले बेलाको ब्रान्डमा ४३ थरीका सामान उपलब्ध रहेको बताए। उनले सामग्री टिकाउ र भरपर्दो रहेको भन्दै ढुक्क भएर खरिद गर्न आग्रह गरे।

वसिदले नेपालमा करिब २५ करोड रूपैयाँ लगानी गरेको बताए। उनको कम्पनीमा करिब चार सय ५० कार्यरत रहेका छन्।

बेलाको ब्रान्डका सामग्री तथा उपकरण बेलायत र कतारमा निकै लोकप्रिय छन्। बेलाको टेलिभिजन, रेफ्रिजेरेटर, एयर कन्डिसनर, पेष्ट फ्रिजर, गिजर, हिटरलगायतका घरायसी प्रयोगका सामग्री उत्पादन गर्दै आएको छ। बेलाको ब्रान्ड प्रवद्र्धनका लागि ब्रान्ड एम्बासडरमा प्रदीप खड्का रहेकाको अध्यक्ष हाजी मोहम्मद इस्राइलले जानकारी दिए।

प्रकाशित: २१ मंसिर २०८० ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App