१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मौद्रिक नीति कार्यान्वयनबारे अर्थ समितिमा गभर्नरसँग सोधपुछ गरिँदै

मौद्रिक नीति कार्यान्वयन र उपलब्धिबारे आज अर्थ समितिमा छलफल हुने भएको छ। बिहान ११ बजे बस्ने भनिएको बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग मौद्रिक नीतिको हालसम्मको कार्यान्वयनको अवस्था र उपलब्धिबारेमा समिति सदस्यहरूले जानकारी लिने भएका छन्।

यसैगरी यही बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त हुने रोयल्टी र राजश्वको तथ्याङ्क र स्थितिसम्बन्धीमा छलफल हुने भएको छ।

यसैगरी दिउँसो १ बजे बस्ने भनिएको विधायन व्यवस्थापन समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० मा दफावार छलफल हुने भएको छ।

प्रकाशित: २० मंसिर २०८० ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App