१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

तौलिहवा उद्योग वाणिज्य संघमा कुर्मी तेस्रो कार्यकालका लागि निर्वाचित

तौलिहवा उद्योग वाणिज्य संघको अध्यक्षमा लगातार ३ तेस्रो कार्यकालका लागि निर्वाचित  हुँदै गयादीन कुर्मी दीपले अध्यक्षमा ह्याक्ट्रिक गरेका छन।

कुर्मीले अध्यक्षका उम्मेदवार धिरज कुमार गुप्ता संजयलाई हराउँदै पुनः अध्यक्ष बनेका हुन । कुर्मीले ५ सय ८, गुप्ताले ३ सय ३८ र अध्यक्षका अर्का उम्मेदवार अर्जुन चापागाईँले भने २ सय २१ मत मात्र प्राप्त गरेका थिए । कुर्मी २०७२ साल देखि निरन्तर अध्यक्षमा रहँदै आएका छन । यस अघि सम्पन्न २ निर्वाचनमा पनि उनले धिराज कुमार गुप्तालाई २ पटक पराजित गरेका थिए । वरिष्ठ उपाध्यक्षमा सन्दीप कुमार श्रीवास्तव, उपाध्यक्षमा अजय कसौधन, महासचिवमा देवेस जैसवाल र सचिवमा वासुदेव बर्मा अजय र कोषाध्यक्षमा बुजेश भटरा निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक राजु कुमार श्रीवास्तवले बताए।

महिला सदस्यमा प्रिती कसौधन तथा कार्य समिति सदस्यहरूमा बृज बिहारी कुर्मी, पशुपति प्रसाद तेली, देवेन्द्र गुप्ता, सुनिल पाठक र सुनिल कुमार गुप्त कसौधन निर्वाचित भएका छन । यस अघि एशोसियट सदस्यमा भने रामचन्द्र मुराउ निर्विरोध निर्वाचित  भई सकेका छन । कुल १ हजार ४३१ मत मध्ये १ हजार ८२ मत खसेको थियो।तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष कुर्मीले संघको संस्थागत विकास, व्यापारीहरूको हक अधिकार स्थापना र पूर्वाधार विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।    

प्रकाशित: १४ मंसिर २०८० १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App