६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

‘म नागरिक, म बनाउँछु नेपाल’ क्रियटर्स च्याम्पिएन सुरु

विराटनगरमा आयोजित ‘क्रियटर्स च्याम्पिएन’ कार्यक्रम का सहभागीहरू। तस्बिरः चुमन/नागरिक

नेपाल रिपब्लिक मिडियाले विराटनगरबाट ‘क्रियटर्स च्याम्पिएन’ सुरु गरेको छ। विराटनगरमा कार्यक्रम आयोजना गरी सो क्याम्पेन सुरू गरिएको हो।

युवाहरूबाट देश बनाउने आइडिया लिने उद्देश्यले ‘म नागरिक म बनाउँछु नेपाल’ भन्ने नाराकासाथ सुरू गरिएको क्याम्पेनमा विराटनगरका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।

 नेपाल रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली

क्याम्पेन सुरू गर्दै नेपाल रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले अबको नेपाल कस्तो बनाउने भन्नेबारे युवाहरूबाट आइडिया लिने उद्देश्यले नेपाल रिपब्लिक मिडियाले च्याम्पिएन सुरु गरेको जानकारी दिइन्।

ज्ञवालीले भनिन्, ‘युवाहरूलाई कस्तो नेपाल चाहिन्छ भन्नेबारे उनीहरूबाटै आइडिया लिने उद्देश्यले च्याम्पिएन सुरु गरिएको हो।’

ज्ञवालीले देश कसरी बनाउने भन्नेबारे आइडियासहितका साना भिडियो बनाएर पठाउन विराटनगरका युवा तथा विद्यार्थीहरूलाई आग्रह गरिन्। आइडिया पठाउँदा १६ देखि २६ वर्ष मुनिका युवा तथा विद्यार्थीहरू सहभागी हुनसक्ने छन्।

कार्यक्रममा अनिल केसरी शाहले परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्ने बताए। उनले अरू जस्तो बन्ने नभई आफ्नो छुट्टै पहिचान बनाउन युवाहरूले कोसिस गर्नुपर्ने बताए। शाहले भने ‘अर्काको नक्कल गर्ने नभई आफ्नै क्षमतालाई तिखार्नुपर्छ।’

देशमा केही गरेर देखाउने जोश युवामा हुनुपर्ने शाहले बताए। शाहले देश बनाउने अभियानका साथ नेपाल रिपब्लिक मिडियाले सुरु गरेको देश बनाउने नवीनतम आइडिया संकलन कार्यक्रममा सहभागी भई आफ्नो आइडिया पठाउन विद्यार्थीहरूलाई आग्रह गरे।

शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले नेपालका विद्यार्थीहरूले विदेश जाने मोह त्यागेर देशमै केही गर्छु भन्ने अठोट लिनुपर्ने बताए। उनले अठोट लिएर काम गरे नेपालमा पर्याप्त अवसर रहेको बताए।

नेपाल रिपब्लिक मिडियाले देश बनाउने आइडिया युवा तथा विद्यार्थीबाट लिने कार्यक्रमको सुरूवात गर्नु सराहनीय कार्य भएको बताए।

कार्यक्रममा विराटनगरका शिक्षादीप, मेरिल्यान्ड, हिमालय दर्शन, भानु कलेज लगायतका कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रकाशित: १२ मंसिर २०८० ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App