१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बैंकको ब्याजदर एकल बिन्दुमा झर्‍यो

उद्योगी, व्यवसायीले बैंकको व्याजदर एकल बिन्दुमा झार्न आग्रह गर्दै आएकोमा बैंकहरूले अन्ततः बैंकको व्याजदर एकल बिन्दुमा झारेका छन्। वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश बैंकको ब्याज एकल बिन्दुमा छ।

वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मंसिरमा ०.३३१ प्रतिशत बिन्दु घटाएर ९.६३ प्रतिशत कायम गरेका छन्। कात्तिकमा मुद्दती निक्षेपको औषत ब्याजदर ९.९६४ प्रतिशत थियो। बैंकहरूले संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.५४६ प्रतिशत कायम गरेका छन्।

मुद्दती निक्षेपको ब्याजदर ०.३०६६ प्रतिशत बिन्दु घटेको छ। २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले मंसिरका लागि ब्याजदर घटाउँदा माछापुच्छ्रे बैंकले मात्रै ब्याजदर बढाएको छ। एनआइएसी एसिया बैंकले सबैभन्दा धेरै ब्याज घटाएको छ। एनआइसिएसियाले कात्तिकमा व्यक्तिगततर्फ ११.००३ र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याज दिएकोमा मंसिरमा घटाएर व्यक्तिगततर्फ ८.९६ र संस्थागततर्फ ६.९६ प्रतिशत कायम गरेको छ।

एनएमबी बैंकले ब्याजदर १.२४३ प्रतिशत घटाएर ९.७६ प्रतिशतमा कायम गरेको छ। एभरेष्ट, प्रभु,सानिमा र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ९ र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेका छन्। यी बैंकको ब्याजदर कात्तिकको तुलनामा मंसिरमा घटेको छ।

त्यसैगरी, नबिल बैंकले व्यक्तिगततर्फ ९.१ र संस्थागततर्फ ७.१ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको मंसिरका लागि व्यक्तिगत निक्षेपतर्फ ८.९७ र संस्थागततर्फ ५.२५ प्रतिशत, कृषि विकासले व्यक्तिगततर्फ ९.५१२ र संस्थागततर्फ ७.५१२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले व्यक्तिगततर्फ ९.५१ र संस्थागततर्फ ७.५१ प्रतिशत तथा ग्लोबल आइएमईले व्यक्तिगततर्फ ९.६ र संस्थागततर्फ ७.६ प्रतिशत, हिमालयन र नेपाल एसबिआईले व्यक्तिगत निक्षेपमा १०.६३ प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याज निर्धारण गरेका छन्।

नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंकले कात्तिकको व्याजलाई यथावत् गरेका छन् भने अरू बैंकले हेरफेर गरेका छन्। नेपाल बैंकको व्यक्तिगत निक्षेपमा ९.२२ र संस्थागततर्फ ७.२२ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९.९५ र संस्थागततर्फ ७.९५ प्रतिशत, सिद्धार्थले व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगततर्फ १० र संस्थागततर्फ ८ प्रतिशत, कुमारीले व्यक्तिगततर्फ १०.०१ र संस्थागततर्फ ८.०१ प्रतिशत र प्राइम बैंकले व्यक्तिगततर्फ १०.२५ र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याज कायम गरेका छन्।

प्रकाशित: १ मंसिर २०८० ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App