५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

हजारभन्दा बढी कोना बिक्री

नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरूको बजारमा हुन्डाई कोनाले आफ्नो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ । सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म हजार भन्दा बढी संख्यामा बिक्री भएको कम्पनीले जनाएको छ ।

यस्तै २०१९ मा भारतबाट सुरु गरिएको ‘इमिसन इम्पोसिबल’ नामक मिसन अन्तर्गत कोना इलेक्ट्रिकले सात सय किलोमिटरको यात्रा १७ हजार फिट उचाइ र १२ डिग्रीको तापक्रम पार गर्दै सगरमाथाको आधार शिविरसम्म पुगेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराइसकेको छ । हाल कोना फेसलिफ्ट भर्सनमा उपलब्ध भइरहेको र यसको आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रिसेल भ्यालुले गर्दा अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको कम्पनीले जनाएको छ ।  

नेपालमा हुन्डाइका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले आयोजना गरेको ‘हुन्डाई फेस्टिभ कार्निबल’मा हुण्डाईले हाई भोल्टेज ब्याट्री चेकअप क्याम्पमा दुई सयभन्दा बढी सवारी धनीको इभीमा परीक्षण गर्दा चार वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ९५ प्रतिशत बढी पाइएको कम्पनीले जनाएको छ ।

विद्युतीय क्षमता, हुन्डाई ब्रान्डप्रतिको विश्वास, ब्याट्रीको क्षमता र आकर्षक बनावटले गर्दा कोनाले नेपालमा विद्युतीय गाडीप्रतिको सोच, यसको उपयोगितालाई नयाँ परिभाषा दिएको छ । साथै, विद्युतीय गाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि– सेल भ्यालुबाट दोस्रो बजारमासमेत आफ्नो पहिचान मजबुत बनाएको कम्पनीको दाबी छ ।

प्रकाशित: ३० आश्विन २०८० ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App