१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआरएनए निर्वाचनमा आरके प्यानलको घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनएको ११ औं महाधिवेशनको लागि शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताएका छन्।

यही असोज ३० देखि कार्तिक ३ गतेसम्म राजधानीमा एनआरएनएको महाधिवेशन हुँदैछ। अध्यक्षका उम्मेदवार शर्माले कतिपयले क्षेत्रीय एजेन्डा बोकेर हिँडेको आरोप लगाएको प्रति संकेत गर्दै शर्माले आफूसँग विश्वभरकै एनआरएनएलाई एकताबद्ध बनाउने र संस्थालाई गति दिने एजेन्डा रहेको दाबी गरेका छन्। शर्माले आफू विजय भएको खण्डमा २४ महिनामा २४ वटा वाचा पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

पत्रकार सम्मेलनमा शर्मालाई समर्थन गर्दै एनआरएनए निर्वाचनमा आरकेको प्यानलबाट पदाधिकारीहरूले आफ्नो धारणा सार्वजनिक गरेका थिए। आरकेको प्यानलबाट कार्यसमितिका उपाध्यक्ष डिबी क्षेत्री, मलेसिया खगेन्द्र न्यौपाने, जापानका रोविन्द्र प्रसाद श्रेष्ठ, नेदरल्यान्डका शशी पौडेल, अस्ट्रेलियाका अभिमानसिंह बस्नेतले आफूले अस्ट्रेलियामा सामाजिक कामका उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

त्यसैगरी, उपाध्यक्षका अर्का उम्मेदवार राज रेग्मी, कतारका अब्दुल बासिदले युवा उपाध्यक्षको उम्मेदवार बनेको बताए। कतारका प्रवीण गुरुङ उपमहासचिवमा उम्मेदवार बन्ने भएका छन्।

प्रकाशित: २८ आश्विन २०८० ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App